१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

बर्षा राउत र कमल अभिनित ‘पहिलो माया’को मेल भर्सन माघ १४ मा आउने

लोकप्रिय नायिका वर्षा राउत र कमल सिंहको अभिनय रहेको गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’लाइ अब मेल भर्सन माघ १४ गते सार्वजनिक हुने ह्येको छ । करिब २ महिना पहिला मात्रै रचना रिमालको अवाजमा समाबेश गीत ‘पहिलो माया’लाइ अत्यधिक मन पराइएपछि अब गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा आउन लागेको हो । शंकर थापा ”स्माइल”को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक हुदै छ । ‘पहिलो माया’को मेल भर्सनको भिडियोको अहिले पोस्ट प्रोडक्सनको काम भैरहेको निर्देशक निकेश खड्काले जानकारी दिनु भयो । गीतकार पुनम मोथेले ‘पहिलो माया’को सम्पूर्ण टिम , स्रोता दर्शक र मिडियाहाउसलाई धेरै धेरै कृतज्ञता ब्यक्त गर्नु भएको छ ।
बिदेशमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी लोकप्रिय गीतकार मोथेको यसअघि ‘पहिलो माया’ बाहेक ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन ।

           रचना रिमालको स्वरमा रहेको चर्चित गीत ‘पहिलो माया’को भिडियो 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्