११ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नेपालमा कोरोनाबाट ज्यान गुमाउने १८ सय बढी

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय नाघेको छ । गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ सय तीन पुगेको छ । 

यस्तै गएको २४ घण्टामा नौ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म दुई लाख ४६ हजार ६ सय ६१ जनाले कोरोनालाई जितेका छन् । 

pratik books stationery
trishuli web design in nuwakot

यसैगरी नेपालमा गएको २४ घण्टामा सात सय ४३ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार नौ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ६ हजार पाँच सय ५९ जनाकाे पीसीआर परीक्षण भएकाेमा सात सय ४३ जनामा सङ्क्रमण देखिएकाे हाे ।

मन्त्रालयका अनुसार बुधबार (आज) काठमाण्डौ उपत्यकामा तीन सय १८ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा दुई सय ५० तथा भक्तपुर र ललितपुरमा ३४–३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

यसैबीच सरकारले बेलायतमा कोरोना भाइरसको ‘नयाँ प्रजाति’ देखिएकाले त्यहाँबाट र त्यहाँको ट्रान्जिट बनाएर नेपाल आउनेलाई अनिवार्य १० दिन होटल क्वरेण्टीनमा बस्न आग्रह गरेको छ । नेपाल प्रवेश गरेको सातदेखि १० दिनभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बेलायत र त्यहाँको ट्रान्जिट बनाएर आएका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्न सबै सरकारी प्रयोगशालालाई मन्त्रालयले निर्देशन  दिएको छ । 

प्रतिक्रिया दिनुहोस्