१२ श्रावण २०८१, शनिबार
Logo

स्थायी कमिटी बैठकमा पूर्व माओवादी केन्द्रका पाँच जना स्थायी कमिटी सदस्य उपस्थित भएनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे आज बसेको स्थायी कमिटी बैठकमा पूर्व माओवादी केन्द्रका पाँच जना स्थायी कमिटी सदस्य उपस्थित भएनन् ।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु त सहभागी हुने कुरै भएन । तर पूर्व माओवादीका पाँच जना नेताहरु पनि बैठकमा सहभागी भएनन् । उक्त बैठकमा सहभागी नभएका नेताहरुले के प्रचण्ड त्यागेकै हुन त ? पूर्व माओवादी समूहमा प्रश्न उठाउन थालेका छन् । आइतबार ओलीले आकस्मीक रुपमा मन्त्रीपरिषदको बैठक बोलाएर संघीय संसद विघटनको सिफारिस गरे । दिउसो राष्ट्रपतिले उक्त सिफारीस अनुसार प्रतिनिध सभा विघटन गरीन ।

विघटनसंगै १७ र २७ वैशाखमा मध्यावधी निर्वाचन घोषणा भएको छ । राजनीति परिघटनाको बीचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा पूर्व माओवादीका सबै स्थायी कमिटी सदस्य सहभागी हुने अनुमान गरीएको थियो । तर त्यस्तो भएन । पाँच जना नेताहरु बैठकमा गएनन् ।

उनीहरुले लामो समय देखि प्रचण्डलाई साथ दिदै आएका भए पनि अहीले आएर छोडेको चर्चा पूर्व माओवादी वृतमा चलेको छ । यी हुन आजको स्थयी कमिटी बैठका नजाने नेताहरु १. रामबहादुर थापा बादल २. मणी थापा ३. टोपबहादुर रायमाझी ४. हरिबोल गजुरेल ५. लेखराज भट्ट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्