१३ असार २०७९, सोमबार
Logo
final gp koirala advert

हतियार देखाएर लुटपाट

सिराहाको लहान नगरपालिका ३ भगवानपुर गाउँ नजिकै बुधबार दिउँसो मास्क लगाएका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेको छ । लहान २३ गाढा गाउँका करिब ५४ वर्षीय जागेश्वर यादवले लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट चार लाख रुपैयाँ झिकी साइकल चढेर घर फर्किंदै गर्दा दिउँसो करिब साढे १ बजेतिर लहान ३ स्थित स्मार्टफोनको टावर नजिकै लहान ठाढी सडकमा लुटपाट भएको हो । 

घरायसी ऋण तिर्न सहकारीबाट चेकमार्फत् रकम झिकेर लहान अस्पताल चोक हुँदै करिब पाँच सय मिटर दक्षिण पुगेपछि  मोटर साइकलमा सबार मास्क र कालो हेल्मेट लगाई कल्भर्टमा बसिरहेका दुई जना मध्ये एक जनाले पेस्तोल छातीमा टसाई अर्का एक जनाले आफ्नो ज्याकेटको तिन वटा खल्तीमा राखेको हजारको नोट तिन बन्डल र पाँच सयको नोट दुई बन्डल गरि चार लाख रुपैयाँ लुटेर मलाई रोड बाट तल खेतमा खसाली मोटरसाइकल चढेर उत्तरतिर भागेको पीडित यादवले बताए । 

Shivapuri rural municipality awareness message jalapanews

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवाष खतिवडाले रकम लुटिएको थाहा पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको बताए । पीडितको प्रारम्भिक बयान बमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै प्रहरी निरीक्षक खतिवडाले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्