११ आश्विन २०७९, मंगलबार
Logo
final gp koirala advert

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार भन्दा कम

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ ।

गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये दुई लाख २४ हजार ५३ जना निको भइसकेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

यसैबीच पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना सङ्क्रमण भएसँगै कोरोना सङ्क्रमित हुनेको संख्या दुई लाख ३९ हजार आठ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा छ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्