७ माघ २०८१, सोमबार
Logo

काेराेना नियन्त्रणमा चार महिनामा सरकारको ६ अर्बभन्दा धेरै खर्च

सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।

कुल खर्चमध्ये हाई डिपेन्डेन्सी युनिटका लागि तीन अर्ब २५ करोड, प्रयोगशाला व्यवस्थापन तथा परीक्षणका लागि एक अर्ब १२ करोड ४० लाख रुपैयाँ र सङ्क्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, उपचार तथा जोखिम भत्ताका लागि एक अर्ब १४ करोड २९ लाख छ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै आईसीयू तथा भेन्टिलेटर व्यवस्थापन र अस्पताल सुदृढीकरणमा एक अर्ब २९ करोड ९० लाख खर्च भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै सरकारले सरकारी प्रयाेगशालामा कोरोना परीक्षण तथा सरकारी अस्पतालमा कोरोना उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । तर सङ्क्रमण भएका व्यक्तिले कुनै किसिमको बीमा गरेको भएमा परीक्षण तथा उपचारको सबै खर्च बीमा रकमबाट व्यहाेर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्