२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

युरोपबाट ‘छोरो’ गीत लिएर आए गायक किरण सुबेदी ( भिडियो )

युरोपमा रहेर नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक किरण सुबेदीको आवाजमा रहेको ‘छोरो’ बोलको गीत रिलिज भएको छ। अहिलेका चर्चित निर्देशक सशान कंडेलले यो भिडियोको निर्देशन गरेका हुन। यो गीतमा स्वयम् गायकको नै शब्द संगीत रहेको छ। आमा र छोरोको कथामा तयार भएको यो भिडियो एक्दमै उत्कृष्ट भएको छ। गायक बन्ने सपना बोकि शहर छिरेको छोरोको कथामा यो भिडियो तयार पारिएको छ। भिडियोले सबैको मन छुन सफल भएको छ। यो भिडियोमा छोरोको पात्रमा प्रदिप ओझा र आमाको पात्रमा रेखा कंडेलको अभिनय रहेको छ भने दिपक गौतम, पुस्पा कन्डेलको बिशेष भुमिकामा रहेका छन। बालकलाकारमा प्रीयान्स कंडेल र प्रीन्शा कंडेलको अभिनय रहेको छ। भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन भने सुरज खनालले छायांकन गरेका हुन। लामो समयदेखि युरोपमा रहेर नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक सुबेदीको यसअघि पनि गीतहरु आइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्