१२ श्रावण २०८१, शनिबार
Logo

ब्याबसायिक मेवा खेतीमा पहिचान खोज्दै, शिवपुरीका युवा अचुत प्रसाद भेटवाल

रेबती भण्डारी

नुवाकोट-आज भोली फेसबुक धेरै मान्छेहरुको लागी मनोरंजन र समय बिताउने माध्यम बनेको छ तर नुवाकोटका एक युवाले भने फेसबुके साथीको सहयोगमा मेवा खेती सुरु गरेका छन् । शिवपुरी गाउपालीका वडा नं ८ का ३२ बर्षिय युवाले फेसबुकको साथीकोसल्लाह अनुसार १० रोपनी क्षेत्रफमा ब्याबसायीक मेवा खेती गर्नु भएको छ ।


पछिल्लो समय नुवाकोटमा पनि केही युवाहरु ब्याबसायिक कृषी खेती प्रति आर्कशित हुन थालेका छन् । बिदेश जाने र पैसा कमाउने सपना छाडेर आफ्नै गाउको माटो सग रमाउदै गरेका कृषक अचुत प्रसाद भेटवाल यती खेर मेवा खेतीमा अभ्यस्त हुनुहुन्छ । धेरैलाई फेस बुक मनोरंजनको साधन बनेको छ भने अचुललाइ फेसबुक ब्याबसाय प्रती प्रेरणा जगाउने श्रोत बनेको बताउनु हुन्छ ।


बेरोजगार जिवनलाई स्वरोजगार बनाउन प्रयार गर्दै गर्दा फेसबुकका साथीले दिएको सल्लाहको आधारमा भेटवालले मेवा खेती सुरु गरेको बताउनु हुन्छ
। शिवपुरी गाउपवालीका वडा नं ८ का स्थायी बासिन्दा भेटवाल पसिना नेपालमा बगानउु पर्छ परदेशमा बेच्नु हुन्न भनेर गाउ मै आफ्नो श्रीमतीको साथमा ब्याबसाय सुरु गरेको बताउनु हुन्छ ।
१० रोपनी क्षेत्रफलमा मेवा लटरमब भएर फलेको छ । आफुलाई स्थानिय सहकारीले बजारी करणमा गरिदिने प्रतिबद्धताले उहामा थप हौषला थपिएको छ । अब बेर्ना रोप्ने समयमा थप १० रोपनीमा मेवा रोप्ने उहाको आगामी लक्ष्य रहेका कृषक भेटवाल बताउनु हुन्छ ।

Shivapuri rural municipality awareness message jalapanews


जग्गाको भाडा , बिउको रकम, गरेर उहाको १ लाख रकम खर्च भएको छ । माटो मिलाउने, खन्ने , रोपने , बिउ उमार्ने लगाएतका काम आफैले गर्दा ब्याबसायमा कम लगानी गरे पनि पुगेको उहाले बताउनु भयो । आफुलाई प्राबिधिक सहयोग र तालिमको खाचो रहेको भेटवाल बताउनु हुन्छ । जेठको पहिलो सातामा रोपेको मेवा अहिले माहालक्ष्मी कृषी फाममा लटरम्ब फलेको छ । एउटा बोटमा करिब ४० केजी बढी मेवा फलेको र आउने माघ सम्म सबै मेवा पाक्ने कृषकको भनाई रहेको छ । नुवाकोट र काठमाडौ मुख्य बजार रहने कृषक अचुत प्रसाद भेटवालले बताउनु भयो ।
ताइवानी रेड लेडी जातको मेवाको बजार राम्रो रहेको र उत्पादनमा बढी र आफ्नो गाउको माटो सुहाउदो भएकाले मेवा खेती गरेको उहको भाइ रहेको छ ।


बार्षिक रुपमा करिब ५ लाख भन्दा बढी नाफा कमाउने लक्ष्य राखेको कृषकको भनाइृ रहेको छ । मल बिउ बिजन र प्रबिधीक सहयोगको अभाव रहेको कृषको गुनासो रहेको छ । स्थानिय सरकारले खाचै चासो नदेखाएको उहाको भनाइरहेको छ । बिरुवा उत्पादन र फुल फुल्ने समयमा र फल लाग्दै गर्दा ब्याबसायमा समस्या आउदा कृषी ज्ञान केन्द्र नुवाकोटलाई जानकारी गराउदा समेत वास्ता नगरेको कृषक भटवालले बताउछन् ।


बिदेश मोहलाइ छाडेर यसरी आफ्नो गाउ आफै बनाउ अभियानमा लागेका युवा कृषकहरुलाई स्थानिय सरकारले अनुदानको उचित ब्याबस्थापन गाराउनु आबश्यक छ । कागज पत्र मात्र मिलाएर अनुदान स्वाहा पर्ने परीपाटीको अन्त्य हुन पनि आबश्यक छ । शिप बिकाश तालिम , प्राबिधीक सहयोग र बजारीकरणमा स्थानिय सरकार र सम्बन्धीत निकायको सहयोग आबश्यक जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्