१२ श्रावण २०८१, शनिबार
Logo

साउनेपानी सामुदायिक बन उपभोक्ता समितीद्धारा बिरुवा संरक्षणको लागी २० हजार हस्तान्तरण

बिदुर नगरपालीका वडा नं ५ रातमाटे डाडामा रोपेको बिरुवा संरक्षण गर्नको लागी साउनेपानी सामुदायिक बन उपभोक्ता समितीले २० हजार रुपैया हस्तान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच समितीका अध्यक्ष मोतीराम न्यौपानेले लामी बगैचा सामाजिक युवा क्लवका अध्यक्ष सुजन गजुरेललाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । समितीले तारबार गर्न र रेखदेखमा सहयोग पुर्याउन उक्त रकम हस्तान्तरण गरेको बताएको छ ।
उक्त रातमाटे डाडामा बर्षेनी रोपेको बिरुवा संरक्षणको अभावमा हुर्कन सकेको थिएन । बिरुवा संरक्षणको लागी स्थानिय युवा क्लवलाई प्रोत्साहनको लागी उक्त रकम हस्तान्तरण गरेको समितीका अध्यक्ष मोतीराम न्यौपानेले जानकारी दिनु भयो ।
त्यस्तै लामी बगैचा सामाजिक युवा क्लवका अध्यक्ष सुजन गजुरेलले यस्ता सहयोगले काममा थप उर्जा प्रदान गर्ने बताउनु भयो । उहाले यो बर्ष रोपेको बिरुवा लबिगतमा जस्तो खेर नजाने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्