गरिबसंग बिश्वेश्वर कार्यक्रमले २५ वटा समुहलाई सामुहिक प्रयोजनको लागि स्वचालित स्प्रे पम्प हस्तान्तरण गर्यो ।

गरिबसंग बिश्वेश्वर कार्यक्रम अन्तर्गत बिदुर नगरपालीका वडा नं ५ र ६ का २५ वटा समुहलाई सामुहिक प्रयोजनको लागि स्वचालित स्प्रे पम्प शसर्त अनुदान हस्तान्तरण भएको छ ।
बिदुर नगरपालीकाका प्रमुख संजु पंडितले गरिवहरुको उत्थान मा संचालित कार्यक्रमलाई अरु थप वडा र क्षेत्र भित्र पनि बिस्तारित गर्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै उपप्रमुख गिता कुमारी दाहालले यस्ता प्रविधीहरु सामुहिक हित का लागि जिम्मेवार पुर्ण भएर उपभोग गर्नु आग्रह गर्नु भयो ।
कार्यक्रम का शभापती राजु सडौलाले सदस्यहरुलाइ उपभोगमा आधारित उत्पादन मा जोड्न सके अझै बढी लाभ हुने धारणा राख्नु भयो ।
करिब एक लाख २५ हजार मुल्य बराबर को प्रबिधी हस्तान्तरण गरिएको कार्यक्रम समन्वय कर्ता राजकुमार अर्जेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्