२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नुवाकोटे गायक पाण्डेको “फुरफुर”को छायंकन सकियो,यहि साता भिडियो बजारमा आउने

नुवाकोटे गायक हरिजंग पाण्डेको “फुरफुर ” गितको म्युजिक भिडियोको छायंकन सोमबार सकिएको छ । यहि साता भिडियो बजारमा आउने पाण्डेले बताउनु भयो ।
कोरोना कहरका बिच सुटिङ रोकिएको गितको म्युजिक भिडियो बजारमा आएपछि दर्शक तथा श्रोताले मनपराउने बिश्वाश गायक पाण्डेको छ । नुवाकोट धादिङ र रसुवामा आयोजना हुने लाइभ लोकदोहोरी कार्यक्रमका रौनक , दर्शक श्रोताका प्रिय पात्र पाण्डेले थुप्रै काठे भाकामा आफ्नो सुमधुर स्वर दिनु भएको छ ।
हिजो छायंकन भएको फुरफुरमा गायक पाण्डेको लय शब्द रहेको गितमा पाण्डे गंगा ठकुरी र शितल पाण्डे स्वर भरेकाछन् , भने म्युजिक भिडियोको निर्देशन भाइरल “ओइ गनगन”का लेखक,गायक तथा निर्देशक संगम थापाले गरेका छन् ।
भिडियोमा नव कालाकार राज कुमार त्रिपाठी, निसा भट्टको अभिनय रहेको छ ।
गीतको छायङ्कन जनकराज अधिकारी, धिराज जङ्ग थापा,रबि कार्कीले गरेका छन् ,भने म्युजिक भिडीयो छायंकनमा बट्टारमा रहको सनम होटलका प्रोपाइटर सनम मैनालीको बिशेष सहयोग रहेको बताइएको छ ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्