१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

पिसिआर मेसिन खरिदमा अनाबश्यक भ्रम छरेको भन्दै सांसद पाण्डेले गरे संघिय सांसदको बिरोध

कोरोनाको संकट ग्रस्त अबस्थामा पनि नुवाकोटमा गुटको राजनिती मौलाएको सामाजिक संजाल प्रयोग कर्ताहरुले बताएका छन् । तर ५० लाख पर्ने मेसिन ७६ लाख कसरी पर्ला ? भनेर सर्वसाधार अलमलमा परेका छन् ।
प्रदेश सांसद केशब पाण्डेले ५० लाखपर्ने मेसिन ७६ लाख कसरी पर्छ भनेर घुमाउरो शैलिमा भ्रष्टार हुदै छ , भन्ने अभिब्यक्ती सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन ‘कस्ले निर्णय गर्ने, कस्ले र कहिले टेण्डर गर्ने र कहिले आउने रहेछ त्यो पिसिआर मेसिन ? अनि त्यसको खरिद मूल्य कति लाग्ने रहेछ, संचालन खर्च कति रहेछ रु त्यो पनि जानकारि पाए आभारि हुने थिए । नत्र गफै त हो नी सम्धी ! प्रदेश सामाजिक मन्त्रालयले खरिदको आव्हान गरिसकेको छ र एक हजार जाँच क्षमताको मेसिन ५० लाख भन्दा कम !’
संघिय सांसद नारायण प्रसाद खतिवडाले पिसिआर मेसिन खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत चार करोड मध्येबाट ७६ लाख बिनियोजन गर्ने निधो गरे सगै प्रदेश सांसद केशब पाण्डे एकाएक तातिएका छन् । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले पिसिआर ल्याब स्थापनाका लागि पहिल्यनै निर्णय गरिसकेको भन्दै सांसद पाण्डेले संघिय सांसद नारायण प्रसाद खतिवडालाई सामाजिक संजालमा लज्जा बोध हुने गरि नै ठेलेका छन् ।
पाण्डेले प्रश्नै प्रश्न गर्दै आफ्नो फेसबुक पेज मार्फात ५० लाखमा एक हजार परिक्षण गर्न सकिने मेसिन प्रदेशले उपलब्ध गराउने बताउदै ७६ लाख अनाबश्यक खर्च भएको बताएका छन्

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्