बिगत १ महिना देखी अबरुद्ध खोप सेवा नुवाकोटका बिभिन्न स्थानिय तहले बुधबारदेखी सुरु गरे
नुवाकोटमा कोरोना रोकथाम तथा नियत्तणको लागी नेपाल सरकारले गरेका लकडाउन तथा नुवाकोट जिल्ला प्रशासनले गरेको निशेधाज्ञा जारी रहदा रहदै पनि बाल स्वास्थ्यलाई ध्यानमा राखेर नियमित खोप सेवा सुरु भएको छ ।
नेपाल सरकारले स्वास्थ्य कार्यलयहरुलाई परिपत्र गरि कोरोनाको संभाबित जोखिम कम गर्न सबै खोप सेवा बन्द गर्न भनेको थियो
बिगत १ महिना देखी अबरुद्ध खोप सेवा नुवाकोटका बिभिन्न स्थानिय तहले बुधबारदेखी सुरु गरेका छन् ।
बालबालीकाहरुलाई नियमित रुपमा खोप नलगाउदा भबिष्यमा पर्न सक्ने जोखिमका बिषयलाइ ध्यान दिदै खोप सेवा सरु गरीएको हो ।
बुधबार देखी भने नुवाकोटमा जिल्ला अस्पताल त्रिशुली सहित सबै खोप केन्द्रले नियमित खोप सेवा प्रवाह गर्न लागेको स्वास्थ्य कार्यलय नुवाकोट ले जानकारी दिएको छ ।
भिडभाड, नगरि सामाजिक दुरी कायम गर्दै बुधबार नै खोप सेवा सुरु गरिएका ककनी गाउपालीकाका स्वस्थ्य प्रमुख जिवन भट्राइले जानकारी दिनु भयो ।
लिखु गाउपालीक्ले पनि बिहिबार देखी नियमित खोप सुरु गरेको स्वस्थ्या प्रमुख भिम रोक्काले बताउनु भयो । उहाले पनि सामाजिक दुरी कायम गरि सतर्क रहेर खोप सेवा सुरु गएिको बताउन भयो ।
प्रतिक्रिया दिनुहोस्