१२ श्रावण २०८१, शनिबार
Logo

पंचकन्या र लिखुका समाज सेवीद्धारा जेष्ठनागरीकलाई खाद्यान्न हस्तान्तरण

मंगलबार नुवाकोट जिल्लाका लिखु र पंचकन्या गाउपालीकाका ६ जना स्थानियहरुले बिदुर नगरपालीका वडा नं ५ मा रहेको देबिघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई खाद्यन्न सहयोग गरेका छन् ।
कोरोना भाइरसको संक्रमण,नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण आश्रममा बसेका जेष्ठ नागरिक, असाहाय तथा अशक्तहरुमा पर्न सक्ने खाद्यान्न समस्या हल गर्न सहयोग गरिएको समाजसेवी रामचन्द्र अगस्तीले जानकारी दिनु भयो ।
पंचकन्या गाउपालीका १ का भगवान पौडेल, वडा नं २ का बिष्णुहरी मिश्र ,जिवन श्रेष्ठ, शिशिर मिश्र, लिखु गाउपालीका ४ का रामचन्द्र अगस्ती रामशरण देबकोटा, शंकर प्याकुरेल सहिदको टोलीले आफ्नो व्यक्तिगत खर्च कटाएर सहयोग गरेको समाज सेवी भगवान पौडेलले बताउनु भयो ।
त्यस्तै लिखु गाउपालीका वडा नं ४ का पार्वती अगस्तीले आफुले उत्पादन गरेको ४० किलो आलु र ३५ वटा मास्क समेत हस्तान्तरण गर्नु भएको छ ।
पंचकन्या र लिखुका समाज सेवीहरुबाट दाल १० किलो ,चामल १२५ किलो ,नुन् १० प्याकेट , चिनी १० किलो ,चिया ५ किलो , बिष्कुट ५० प्याकेट, कपडा धुने सरफ ६ किलो, चिउरा २० किलो , प्याज १० किलो, खानेतेल १० लिटर , साबुन ,ब्रस ,मन्जन् गरि करिब २१ हजार बराबरको सामान हस्तान्तरण गरेका हुन् ।
। सोही टोलीले अध्ययन प्रतिष्ठानको लागी लक डाउनको समयाबधी भरि हरियो तरकारीको समेत ब्याबस्था गरिदिने बताएको छ ।
त्यस्तै भगवान न्यौपानेको टोलीले बिगत २१ दिन देखी अलपत्र परेका मकवानपुर , बाके , दाङका मजदरलाई समेत ४ हजार बराबरको खाद्यान्न सहयोग गरेका छन्

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्