१२ श्रावण २०८१, शनिबार
Logo

कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका १ काे महाराजगञ्जमा एक महिलामाथि एसिड (तेजाब) प्रहार गरिएको छ ।

तेजाब प्रहारबाट महिला घाइते भएकी छिन् । घाइते महिलाकाे अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश खरेलले बताउनुभयो । 

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते महिलाकाे कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याटकाे विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ । 

क्रिकेट ब्याड भाचेपछि वरईले ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्