शंखादेबी माध्यमिक बिद्यालयका शिक्षक राजाराम अधिकारीले कृर्ते गरि आफैलाइ प्रधानाध्यापकको घोषणा गरे
शंखादेबी माध्यमिक बिद्यालयका एकजना शिक्षकले आफैलाइ प्रधानाध्यापक घोषणा गरेका छन् । बिद्यालयका शिक्षक राजाराम अधिकारीद्वारा आफुले आफैलाइ प्रधानाध्यापक घोषणा गरेका हुन् । शिक्षक अधिकारीले बिद्यालयको लेटरहेड दुरुपयोग गर्दै हुदै नभएको अधिकारको नाममा कृर्ते काम गरि आफूलाई नै प्रधानाध्यापकको स्वघोषणा गरेका छन् ।
अनियमितता,भ्रष्टाचार र स्वच्छाचारी प्रबृद्धि हावी हुने तारकेश्वरमा बिकृतिको सबैभन्दा ठुलो चाङ्ग शिक्षा क्षेत्रमा देखिएको छ । पछिल्लो बिकृतिको रुपमा शंखादेबी माध्यमिक बिद्यालयको मनोमानीलाई लिन सकिन्छ ।
बिद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी दामोदर कुइकेलको काँधमा छ भने उनको उपस्थिति रहँदा रहँदै अर्का शिक्षक राजाराम अधिकारी निमित्त प्रधानाध्यापको कुर्सिमा बसेर धमाधम प्र.अ को हैसियतमा हाँकोडाँको गर्दैछन् ।
गाउँपालिका शिक्षा शाखाले गएको २०७९ चैत्रबाट वरिष्ठताको आधारमा प्रधानाध्यापक नियुक्ति गर्ने नियम बनाए पछि बिद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी दामोदर कुइकेलले संहाल्दै आएका छन् । अर्को कुनैपनी ब्यक्तिलाइ प्रधानाध्यापकको जिम्मेवारी नदिएको अबस्थामा हालसम्म दामोदर कुइकेलनै जिम्मेवारीमा छन्, तर गाउँपालिका अध्यक्ष शिव अधिकारीको निकटतम सहयोगी रहेका शिक्षक राजाराम अधिकारीले भने आफूले आफैँलाई नै बिद्यालयको प्रधानाध्यापक स्वघोषणा गरेर साउन ३० गते बिद्यालय ब्याबस्थापन समितीको बैठक बोलाएका छन्।
बिद्यालय ब्यबस्थापन समितिले कुनै निर्णय नगरेको अबस्थामा प्रधानाध्यापकको हैसियतमा राजाराम अधिकारीद्वारा ब्यबस्थापन समितिको बैठक आह्वान गरेपछि यो बिषय बाहिर आएको हो ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शिव प्रसाद घिमिरेले राजाराम अधिकारिलाइ निमित्त प्रधानाध्यापकको जिम्मेवारी नदिएको बताए । बिद्यालय ब्यबस्थापन समितिको निर्णय विना स्वेच्छाचारी तरिकाले बिद्यालयको लेटरहेड दुरुपयोग गर्दै हुदै नभएको अधिकारको नाममा कृते काम गरि आफूलाई नै प्रधानाध्यापकको स्वघोषणा घोषणा गर्नु गैरकानुनी बिषय हो ।
प्रतिक्रिया दिनुहोस्