६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

बैंकिङ कसूर मुद्दामा फरार अभियुक्त पक्राउ

झण्डै तीन करोड रुपैयाँको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ । देव विकास बैंकका काठमाण्डौ र ललितपुरका विभिन्न शाखाबाट सवारी कर्जा शीर्षकमा २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएका काभ्रेका केदार ढुंगानालाई इन्टरपोलको सहायतामा पोर्चुगलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

उनले लिएको ऋण नबुझाएपछि धितो राखेका गाडी लिलामीको लागि यातायात कार्यालयमा पत्राचार गर्दा बैंकको नाममा गाडी नै नरहेको देखिएको थियो । अनुसन्धानको क्रममा केदार ढुंगाना समेतले गाडी कर्जा लिने प्रयोजनको लागि बैंकमा पेस गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरु नक्कली पेस गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

ढुंगानालाई ललितपुर जिल्ला अदालतले  १० वर्ष कैद र सात लाख रुपैयाँ जरिबाना सुनाएपछि उनी फरार रहेका थिए । ढुंगानाविरुद्ध अझै १६ वटा मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ । हिजो पोर्चुगलबाट नेपाल ल्याइएका केदार ढुंगानालाई भोलि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्