१२ श्रावण २०८१, शनिबार
Logo

शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गम उत्तर प्रयाग त्रिवेणी धाममा सप्ताह ज्ञान महायज्ञ सुरु

नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बिहिबारबाट सुरु भएको छ ।
त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती स्यालपिङ र कन्यावती खहरे को सङ्गमस्थलमा महायज्ञ सुरु गरिएको छ । महायज्ञमा ईश्वरकृष्ण महाराजले भागवत कथा वाचन र बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारीको प्रवचन रहने छ ।


धार्मीक पर्यटनको बिकाश गर्ने , पालीकाको धार्मीक पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने तथा धार्मीक सहिष्सुणता कायम गर्ने लक्ष्यका साथ भागबत आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्