रालुका माध्यमिक विद्यालयको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

तादी गाउपालिका वडा नम्वर २ स्थित श्री रालुका माध्यमिक विद्यालयको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला, शिक्षक सम्मान तथा बिदाइ कार्यक्रम बागमती प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले विद्यालयलाइ सफल बनाउन विद्यार्थी, शिक्षक र अविभाबक मिलेर मात्र सफल हुने बताउनु भएको छ । विद्यालयको भौतिक संरचनाको विकाश संगै शैक्षिक बिकाशमा जोड दिन आग्रह गर्दै, आफुले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका बिशेस अतिथी तादी गाउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले शैक्षिक तथा भौतिक बिकाशका लागी लागी परेको बताउनु हुदै विद्यालयको वाल कम्पाउण्ड निर्माणका गर्नका लागी ५ लाख रकम बिनियोजन गरिने बताउनु भयो । वडा अध्यक्ष बच्चुराम तामाङले बिद्यालयलाइ माथी उकास्न लागीरहेको धारणा व्यक्त गर्नुभयो । अनेरास्ववियुका केन्द्रीय सदस्य प्रदीप शर्माले समायानुकुल शिक्षा प्रणाली व्यबहारिक र वैज्ञानिक बनाउनुपर्ने आबश्यकता रहेको औल्याउनु भयो, समाजसेवि तथा नेकपाका नेता किरण रिजालले बिध्यालयलाइ आवश्यक कम्पयुटर लगायत शैक्षिक सामाग्री छिट्टै उपलब्ध गराउने बताउनु भयो, बिध्यालयमा लामो समय सेवा गर्नु भएका पूर्व प्रधानाध्यापक तिलक पण्डित लाइ सम्मान सहित बिदाइ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्