२७ मंसिर २०८१, बिहीबार
Logo

कोरानाको बिषम परिस्थीतीमा जनताको दुखमा साथ दिदै अध्यक्ष मिश्र

कोरोना संक्रमणका डरले प्राय सबै अहिले घर मै छन् ।

त्यसमा माथी पनि नेपाल सरकारको लकडाउन ,नुवाकोट जिल्ला प्रशासनको निशेधाज्ञा । सामाजीक दुरी कामय गरि अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले भनिरहेको छ । बिरामी, जेष्ठ नागरिक अपांगता भएका ,दैनि ज्यादा मजदुरी गर्नेहरुको लागी कोरोना कहरले उठ्नै नसक्कने गरि थिचिरहको छ । त्यस माथी गाउघरमा खेतीपाती बस्तुभाउ कामको भ्याइ नभ्याई छ । जटिल प्रकारका बिरामी बाहेक अस्पतालले नहेर्ने अबस्था छ ।

पशु चौपाया बिरामी भएमा त झन् कसरी समाधान गर्ने । बाहिरबाट कृषका लागी चिकित्सक तथा प्राबिधिक आउने अबस्था छैन ।
तर यस्तो बिषम परिस्थीतीमा एक जोडी श्रीमान श्रीमती उदाहरणीय बनेका छन् नुवाकोटमा ।
ध्रुर्व मिश्र नुवाकोट पंचकन्या गाउपालीकाका वडा नं २ का निर्वाचित वडा अध्यक्ष हुन् । अध्यक्ष मिश्र कृषी प्राबिधिक तथा पशु चिकित्सक हुन् । उनी यो बिषम परिस्थीतीमा गाउका पशुपालक कृषकको सेवामा समर्पित भएका छन् । उनि बिहान देखी बेलुका सम्म निशुल्क स्थानिय कृषकहरुको आबश्यकता अनुरुप काम गरि रहेका छन् ।


उनि मात्र होइन उनकी श्रीमती उनकी श्रमिती कमला अर्याल पनि स्थानिय बिरामीहरुको सेवामा लागी परेकी छन् । श्रीमती अर्याल पनि वडा नं २ भरिका जनताको सेवामा समर्पीत छिन् । अबस्था जटिल हरेकालाई औषधी समेत हस्तान्तरण गर्ने गरेको पाइएको छ । कबिलास,गुठिथोक, पाठकथोक,मिश्रथोक, कालिकास्थान र मठभन्ज्याङ्ममा जनताको निशुल्क सेवामा यो जोडिलाई देख्न सकिन्छ ।
बुवा आमालाई भ्याई नभ्याइ रहदा उनकी छोरी समेत सहयोगमा जुटेकी छिन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्