२२ मंसिर २०८१, शनिबार
Logo

तादी गाउपालीकामा ब्याबसायमा महिला बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

तादि गाउँपालीकाको आयेजना तथा नुवाकोट उद्योग वाणिज्य संघ , जिल्ला महिला उद्यमी संघको समन्वयमा महिला व्यवसायि सँग अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रममा महिला व्यवसायीले व्यवसाय गर्दा परेका समस्या तथा चुनौति , समाधान तथा अवसरका विषयमा छलफल गरिएको थियो ।

छलफलमा सहभागि महिला व्यवसायिले व्यवसाय संचालनको क्रममा दर्ता, नविकरण, लगानि व्यवस्थापन, व्यवसाय लाई दिने समय, अनुदान प्राप्त गर्ने विषय तथा तालिम लगायतमा पुरुषको तुलनामा महिलाको लागि गाह्रो रहेको विषय उठाउनु भएको थियो ।
व्यवसायि महिलाका लागि सरकारी सहुलियत, निती तथा कार्यक्रम, संघ संस्थाका कार्यक्रम अवसरका रुपमा रहेता पनि उचित सदुपयोग गर्नका लागि नसकिएको उल्लेख गरिएको छ । यस्ता अवसरको सुचना आम व्यवसायिमा नहुने भएकाले त्यस्ता सुचनाका लागि सहजिकरण गरिदिन सरोकारवाला निकाय उद्यमि महिलाको आग्रह रहेको थियो ।

महिला व्यवसायिका लागि जिल्लामा क्रियाशिल विभिन्न संघ, संस्था तथा संजालको वारेमा जिल्ला लघु उद्यमि संघ नुवाकोट अध्यक्ष गिता थापाले सहजिकरण गर्नुभएको थियो । उत्पादनको बजारीकरणमा यस्था संस्था तथा कार्यक्रमले गर्ने योग्दान तथा हाल क्रियाशिल विभिन्न संस्थाद्धारा महिला व्यवसाय लक्षित कार्यक्रम तथा त्यसले महिला व्यवसायिको क्षेत्रमा गर्ने कामको वारेमा प्रस्ट पादै यस्ता अवसरको सदुपयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
व्यवसायि महिलाका लागि सम्भवना तथा तिनको सदुपयोगका वारेमा नुवाकोट उद्योग वाण्ज्यि संघ वरिष्ठ उपाध्यक्ष गिता अमात्य द्धारा जानकारी गराउनु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्