११ माघ २०८१, शुक्रबार
Logo

६ महिनामा चीनबाट १८ करोड ८७ लाखको ओखर नेपालमा

चीनबाट १८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको ओखर नेपालमा आयात भएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट १८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको ओखर आयात भएको रसुवा भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

साउनदेखि पुस मसान्त सम्ममा ६ लाख ५१ हजार ८ सय ९६ केजी ओखर नेपाल आएको थियो ।
भन्सार कार्यालयका अनुसार ५ लाख ५० हजार ५० केजी छोडाएको र बाकी १ लाख १ हजार ८ सय ४६ केजी नछोडाएको ओखर आयात भएको हो ।

प्रतिक्रिया दिनुहोस्