१२ श्रावण २०८१, शनिबार
Logo

गोसाइँकुण्ड नया पदमार्ग अध्ययन अबलोकन सुरु

गोसाईकुण्ड नया पदमार्गको अध्ययन अबलोकनको लागी नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त पहलमा अध्ययन ,अबलोकन टोली काठमाडौको बुढानिलकण्ठ हुदै आज नुवाकोटको पिप्ले आइपुगेको छ ।
भ्रमण टोली नुवाकोटको शिवपुरी, सिग्रे,मानेभंज्याङ, बागमारा, सागरकुण्ड, एक्लेकुण्ड हुदै रसुवाको प्रशिद्ध धार्मिक स्थल गोसाईकुण्ड प्रस्तान गर्ने टोलीका एक सदस्य गगनराज न्यौपानले जानकारी दिनु भयो ।
रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछाने नेत्तृत्वको ६ सदस्यीय टोलीमा पर्यटन ब्याबसायी दिनेश तामाङ, गगनराज न्यौपाने, उर्जा तामाङ र पत्रकार अशोक शिलवाल, सुरेन्द्र राना पनि हुनुहुन्छ । टोलीले ९ दिन भ्रमण गरी सम्भाव्यता अध्ययन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्