१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

रसुवाको अनेरास्ववियू जिल्ला कमिटिको एकता प्रकृया पुरा

अनेरास्ववियू रसुवा जिल्ला कमिटिको एकता प्रकृया टुंगिएको छ ।
साबिकको नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियू ( क्रान्तिकारी) को एकता पश्चात गठित अनेरास्ववियू रसुवा जिल्ला कमिटिले आफ्नो एकता कार्य सम्पन्न गरेको छ । अनेरास्ववियू केन्द्रिय सदस्य सुरेश अधिकारी , कृष्ण न्यौपाने अनेरास्ववियू रसुवा जिल्ला संयोजक अर्जुन पौडेल एबं अनेरास्ववियू जिल्ला सह संयोजक सनथ देबकोटाको कार्यदलले आफ्नो एकता कार्य टुङो लगायको हो ।

साबिक अनेरास्ववियु बाट २० सदस्य तथा अनेरास्ववियू (क्रान्तिकारी) को तर्फबाट १५ सदस्य सहित ३५ सदस्यीय जिल्ला कमिटी टुङो लगाएको हो ।

बैठकले ७ सदस्यीय कार्यलय टुङ्गो लगाएको छ । कार्यलयमा ४ जना साबिक अनेरास्ववियु बाट र ३ जना अनेरास्ववियू( क्रान्तिकारि) को तर्फबाट प्रतिनिधित्व भएको छ ।
कार्यलय सदस्यहरुमा सनथ देबकोटा,दिपक पौडेल, पुरुसोत्तम न्यौपाने, बिजय न्यौपाने ,अर्जुन पौडेल, कमल तामाङ , प्रबिण घिमिरेरहनु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्