१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको तादीबाट सयौ गाई गोरुको तस्करी ,प्रहरीको मिलेमतोमा तस्कर भैरहेको स्थानियको आरोप

नुवाकोटको तादीबाट गाई गोरु तस्कर गरेर लाने क्रममा खरानीटार इलाका प्रहरीले पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष दुलाल भोलम तामाङको सहयोगमा तस्करीमा संलग्न गाडी तथा ट्रक चालकलाई नियन्त्रणा लिएको छ ।
अहिले तादी गाउपालीकाको सात बिसे बजार हाइड्रो मुहान नजिक २२ वटा गोरुहरु ब्याबारिसे अबस्थामा छन् । ती गोरुहरुको रेखदेख अबिनाश भोलन तामाङले गरिरहनु भएको छ । उहाका अनुसार ती गाईहरुको १० दिन देखी बाट स्थानिय अन्यको सहयोगमा उहाले नै रेखदेख गर्दै आइरहनु भएको छ । स्थानियले गाई तथा गोरु तस्करमा प्रहरी प्रशासनको पनि मिलेमतो रहेको बताएका छन् ।

गोरु कस्को हो थाहा नभएकाले फिर्ता गर्न नसकिएको रेखदेख गर्ने तामाङले बताए ।


स्थानियका अनुसार मुस्लीमहरु गाउमा गाई फामको लागी भन्दै गाई गोरु संकलन गर्न आएको बताउछन् ।
अबैध तस्करीमा सलार्ही हरिवन बस्ने फिरोद अंसारी र मकवानपुर जिल्ला घर बताउने गाई गोरु दलाली गर्ने भिम सुनार रहेको पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष दुलाल भोलम तामाङले बताउनु भयो । तस्करहरुले गाईगोरु तस्कर गरि भारत तथा बङ्लादेश पठाउने गरेका छन् ।

जालपा न्युजबाट रुपा अर्यालले प्रहरी प्रमुख अभिनारायण काफ्ले संग कुरा गर्दा आधिकारीक जानकारी आउन बाकी रहेको काफ्लले बताउनु भयो । त्यस्तै इलाका प्रहरी पोष्ट खरानीटारका प्रहरी निरीक्षक कमला नरालका अनुसार आफुहरुलाई पछिल्लो समय २२ वटा गोरुको बिषयमा आफु अनभिग्य रहेको जानकारी दिनु भयो । उहाले भन्नुभयो“ केहीदिन अगाडी हामीले गाई तस्कर लाई नियन्त्रणमा निगेर गाई ज जस्को हो उहाहरुकोमा फिर्ता गराएका थियौ । ”तर सातबिषे बजारमा रहेको गोरुको बिषयमा आफुलाई जानकारी नभएको बताउनु भयो ।
तस्करहरुले संकलन गरेको गाईहरु स्थानियले घरमा लगेर राखेका छन् ,२४ वटा गाई मध्ये २ वटा लोड अन लोड गर्ने क्रममा मरेको र २२ वटा आफुले रेखरेख गरि रहेको अबिनाश भोलन तामाङले बताए ।

Shivapuri rural municipality awareness message jalapanews


गाईगोरु तस्करी गरि रहेको सुचना पाए पछि खरानीटार प्रहरीले नियन्त्रणमा लिए प्रश्चात गाई फिर्ता गरे पनि गोरु भने अलपत्र परेको कुरा इलाका प्रहरीकार्यलय समेतले थाहा नपाएको बताएको छ ।
गाई तथा गोरु मासुको लागी निर्यात गर्ने गरेको आशंका गरिएको छ ।
खरानीटार प्रहरी निरिक्षक कमला नरालका अनुसार केही दिनअगाडी गाई तस्कर गर्ने को भनेर पहिचान नभै सकेको बताउनु भयो । प्रहरी निरिक्षक नराल का अनुसार प्रदिप कार्की नाम गरको एक जना तस्करको नाम थाहा भएको तर आबश्यक अनुसन्धान भै रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्