१२ श्रावण २०८१, शनिबार
Logo

साढे २ किलो सुन सहिद ६ जना पक्राउ


साढे २ किलो सुन सहिद ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोसीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुक्पा लामा, सुवास तामाङ र साङ शेर्पा रहेका छन् भने एक जना दोलखा तामाकोसीका सुमो चालक तुलनारायण श्रेष्ठ रहेको रसुवा प्रहरीले जनाएको छ ।

रसुवाको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेको ना १ झ ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाईसुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्