pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

सिद्धलेक गाउँपालिकाको वडा नं ३ आम्कोटमा एक युवतीको शव शाैचालयको सेफ्टि ट्याङकीमा फेला परेको छ ।

स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टिट्याङकीमा करिव २० दिन पहिले नै हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो ।

ठेगाना नखुलेकी अनिसा तामाङ नाम गरेकी २० वर्षिय युवतीको शव गल्न थालिसकेको अवस्थामा प्रहरीले सेफ्टिट्याङकीबाट निकालेर पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङवेशी ल्याएको छ ।

महिलाको शव सेफ्टिट्याङकीमा फालिएको भन्ने विशेष सुचनाको आधारमा खोज तलास गर्दै जाँदा शव फेला परेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरि घटना गुपचुप गराउन शवलाइ सेफ्टिट्याङकीमा फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काका बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाइ पक्राउ समेत गरेको छ । शव फेला परेको सेफ्टि ट्याङकी भएको घरवेटी अर्जुन बहादुर सुयल मगर, इन्द्र बहादुर थापा मगर र छवि थापा मगरलाइ अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट अर्जुन मगरले विहे गर्ने भन्दै ल्याएको केटीको हत्या गरि शव गत मंसिर १० गते नै सेफ्टिट्याङकीमा लुकाइएको पाइएको प्रहरीले जनाएको छ । घटनाको सुक्ष्म अनुसन्धाना गरिरहेकाले थप बताउन नमिल्ने सुचना अधिकारी खड्काले बताए । उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छाैँ, युवतीको ठेगाना पत्ता लगाउने कोशिस भइरहेको छ, अनुसन्धान सकिएपछि हामी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौँ ।’

सिद्धलेक गाउँपालिका वडा नं ३ का अध्यक्ष देव बहादुर पुलामीले पनि गाउँमै विहे भएर आएकी नवदुलहीको साथीको रुपमा आएकी केटीको हत्या भएको भन्ने प्रारम्भिक जानकारी आफुले पाएको बताए ।

यो समाचार पाबिल न्युजमा मनिष दुवाडीले लेखेका छन् ।