११ माघ २०८१, शुक्रबार
Logo

किशोरीलाई सामुहिक करणी गरेको आरोपमा ३ जना पक्राउ

एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा काठमाडौ प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सडक किनारमा पार्किङ्गमा राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानाबाट किरोरी करणीको आरोप लागेकाहरुमा दाङको राप्ती गाउँपालिका–१ का बासिन्दा २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुलीको सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका–२ का १९ वर्षीय कपिल खड्का रहेको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले तीनथानामा गस्ती गर्ने क्रममा करणी गरेको सूचनाको आधारमा ति ३ जनालाई पक्राउ गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्