नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीले कोरोना भाइरस (कोभिड(१९ ) फैलन नदिन हेल्थ डेस्क संचालनमा

नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीले कोरोना भाइरस (कोभिड(१९ ) फैलन नदिन हेल्थ डेस्क संचालनमा ल्याएको छ ।
तत्कालको लागी अस्पतालको २ कोठा सहित ५ बेडको आइसोलेनस वार्ड खडा गरेको छ ।
स्थान अभाबको कारण ५ बेडमा सिमीत रहेको आइसोलेसन अस्पतालको नया भवनमा सरे पछि २ वटा फ्याटमा रहने अस्पतालले जनाएको छ ।
बिश्वब्यापी रुपमा तिब्र फैलदै गएको कोरोना भाइरसको संक्रिमितको स्वास्थ्य अबस्थामा सुधार गर्ने उद्धेश्यले आइसोलेसनको ब्याबस्था गरिएको त्रिशुली अस्पतालका प्रमुख रेम कुमार राईले बताउनु भयो ।
मौसमी रुघा खोकीलाई कोराना भनेर समाज त्रशित भैरहेको बताउदै डा. राईले नुवाकोटमा हाल सम्म संक्रमित ब्यक्ती नभेटिएको बताउनु भयो ।
अस्पतालले आफ्नै स्रोतले आइसोलेसन बनाएर तयारी अवस्थामा राखेको छ भने नमुना संकलन गरी टेकु अस्पताल लैजान चाहिने यन्त्र उपकरणको समेत सुरक्षित तवरले ब्याबस्थापन गरिएको छ ।
कोरोना भैहालेमा अस्पताल जानु पर्ने डा. राइको सुझाब छ । सके सम्म मानिसको भिडभाडमा नजाने, बारम्बार साबुन पानीले हात धुने , खानपानमा बिशेष ध्यान दिने ,भाइरसको संका लागेमा चिकित्सको सरसल्ला अनुसार काम गर्न डा. राईले आग्रह गर्नु भएको छ ।
नुवाकोट धादिङ र रसुवाले सेवा लिदै आएको अस्पतालको लागी भने हाल त्रिशुली अस्पतालले कोराना संक्रमितलाई सहयोग गर्ने उद्धेश्यले संचालनमा ल्याएको आइसोलेसन पर्याप्त छैन ।
प्रतिक्रिया दिनुहोस्