१२ श्रावण २०८१, शनिबार
Logo

घरेलु हिंसापछि पत्निको हत्या आरोपित र वृद्धहत्या आरोपित गिरफ्तार

धादिङ । ०७६ फागुन २७ गते घरेल हिंसाका कारण पत्निको हत्या गरेको आरोपमा नीलकण्ठ नगरपालिका–१४ का ६० वर्षीय लुरेबहादुर नेपालीलाई ०७६ फागुन २३ गते गते प्रहरीले गिरफ्तार गरेकोमा फागुन २७ गते जिल्ला अदालतमा पेश गरि सार्वजनिक गरेको छ ।

घरायसी झगडाका कारण ढुंग्रो र लठ्ठीले हानेर पत्नि ४५ वर्षीय कान्छीमायाँ परियारको घरमै हत्या गरेका थिए । हत्यापछि प्रहरीले खोजतलास गर्दा आरोपितलाई भोलीपल्ट विहान गिरफ्तार गरेको थियो । घरायसी झगडामा कुटपिट गर्दा मृत्यु भएपछि स्वास्थ्यकर्मी बोलाएर उपचारको प्रयास गरिएपनि सफल भएको थिएन ।

घटनापछि फरार लुरेबहादुर प्रहरीले गिरफ्तार गरि कर्तव्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानाकारी दिनुभएको छ । यसैगरि सिद्धलेक गाउँपालिका–४ सुबिटारका १९ वर्षीय राजेश बास्कोटालाई सोही ठाउँका ६३ वर्षीय गोपाले दमाइलाई हत्या गरेको आरोपमा गिरफ्तार गरेको छ ।

सडकमा हिडेको बेला फागुन २३ गते ढुंगाले हानेर हत्या गरेको आरोप लागेका बासकोटालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । आरारेपित बासकोटा हत्यापछि भाग्दै गरेको अवस्थामा बेनिघाटरोराङ गाउँपालिका–३ सितलबजारबाट फागुन २३ गते पक्राउ गरेको प्रहरीले जानाकारी दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्