१२ श्रावण २०८१, शनिबार
Logo

अमेरिकाबाट आयो बाल गायक ओस्कार शर्माको ‘मेरो देश’ [भिडियो ]

विदेशमा बस्ने हरेक नेपालीको परदेशमा ज्यान हुन्छ , नेपालमा मन हुन्छ । देशको माया कति लाग्छ भनेर विदेशमा बस्ने नेपालीलाई सोधे हुन्छ । बिश्वको जुन कुनामा भएपनि यो मन त हाम्रो नेपाली नै हो सायद त्यहि भएर होला जहाँ भएपनि नेपालीहरुको मुटुमा देशप्रेम हटेको हुदैन ।
अमेरिका वा अन्य देशमा बसेकाहरुलाई धेरैले देश, कला , संस्कृति बिर्सिए भन्ने आरोप लाग्ने गर्छ । आरोप गलत छ किनकी विदेशमा बस्ने नेपालीले भाषा, साहित्य र कलालाई निकै माया गर्छन । यसको एउटा उदहारण अमेरिकामा बसेका नेपाली भेटघाट हुदा प्रायजसोले नेपाली भाषा बोल्छन् । उनीहरुहरुले गर्ने कार्यक्रममा नेपाली भेषभुषा र नेपाली गीत नै बज्छन ।
नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले रास्ट्रको लागि सोच्नु र गर्नु पर्नेबेला आएको छ, अहिलेको अवाश्यकता भनेको राष्ट्रियता हो । अमेरिकामा बसेर नेपाली गीत संगीत र देश लाई निकै माया गर्ने सुमधुर स्वरका धनी बाल कलाकार ओस्कार शर्माले सोहि कुरालाई महसुस गरेर भर्खरै मात्र मेरो देश। बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
यस गीतमा स्वर ओस्कार शर्माको रहेको छ भने गीतका मनछुने शब्द शकुन्तला पौडेलले लेखेकी हुन् । गीतमा संगीत आलोक शर्माको रहेको छ भने गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।
नेपालको प्राकृतिक र सांस्कृतिक महत्व झल्कने गरि निरमाण गरिएको म्युजिक भिडियो आलोक शर्माको छायांकन र निर्देशनमा तयार पारिएको हो । दिन्सोन शाहले भिडियो सम्पादन गरेका हुन् । भिडियोमा ओस्कार ,सफल ,संस्कार ,सुरक्षा र आशुतोषको अभिनय रहेको छ । म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्