१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

रोशन बान्तवाको संगीत र राजेश पायलको स्वरमा रहेको ‘जन्म लिएँ’ छिट्टै बजारमा आउने [फोटो फिचर ]

गीतकार सुन्दर खवासको नयाँ गीत ‘जन्म लिएँ’ छिट्टै बजारमा आउदै छ चर्चित गायक राजेश पायल राइको स्वर र अर्का कर्णप्रिय संगीतकार रोशन बान्तवाको संगीत रहेको गीतको म्युजिक भिडियोको केहि दिनअघि मात्रै छायांकन सम्पन भएको छ। केदार धितालको निर्देशनमा छायांकन गरिएको भिडियोमा उमेश हुमागाईले क्यामेरा चलाएका छन् भने हाल भिडियोको पोस्ट प्रोडक्सनको काम भैरहेको र छिट्टै बजारमा आउने संगीतकार रोशन बान्तवा जानकारी दिनु भयो । भिडियोमा गीतकार खवास र रबिना भण्डारीको अभिनय रहेको छ। पुर्बी पहाडी जिल्ला तेह्रथुममा जन्मिएर हाल इटालीमा रहनु भएका गीतकार सुन्दर खवासको यस अघि करिब १ दर्कन जति गीतहरु रेकर्ड भैसकेका छन्
नेपाल आउने जाने क्रममा आफना गीतहरुलाइ रेकर्ड र म्युजिकभिडियो बनाउदै आएका गीतकार खवासको ‘जन्म लिएँ’ पछि अरु पनि गीतहरु आउदै छन् ।

प्रतिक्रिया दिनुहोस्