२९ माघ २०८१, मंगलवार
Logo

झापाका ज्ञानु राजबंशीको राष्ट्रिय गीत ‘पागल’ सार्वजनिक [भिडियो ]

गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत ‘पागल’ सार्वजनिक गरेका छन। गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको गीतमा
एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन ।
देशभक्ति गीत ‘पागल’ को म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ। हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाइ
ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।
गीतकार ज्ञानु राजबंशीको यसै एल्बम ‘मेरो प्यारो नेपाल’ मासमाबेश गीत ‘मै हु ढाका टोपी यो’ गत बर्षको टोपी दिवसलाई मध्यनजर ‘ गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो । बि.स . २०२८ सालमा बिर्तामोड नगरपालिका _२ चारपाने, झापामा जन्मनुभएका राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन। यसै एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्