१२ श्रावण २०८१, शनिबार
Logo

भारतको कारण गाँउ डुबेपछि रिसको झोकमा स्थानीयले भत्काए गण्डक नहर

भारतको कारण गाँउ डुबेपछि रिसको झोकमा स्थानीयले भत्काए गण्डक नहर

निरन्तरको बर्षापछि गाँउ नै डुबानमा परेपछि स्थानीयले गण्डक नहर भत्काईदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।

लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार बिहानै सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए ।बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनले बताए। कान्तिपुर दैनिकमा नारायण शर्माले समाचार लेखेका छन् ।त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिँचाइका लागि लैजाने गरेको छ। त्यहाँको पानीले भारत उत्तर प्रदेश र बिहारका ३ लाख हेक्टरमा सिँचाइ हुन्छ।

प्रतिक्रिया दिनुहोस्