उद्योग वाणिज्य संघ नुवाकोटको १० र्औ अधिवेशनको उद्धघाटन कार्यक्रम सम्पन्न, शनिवार अधिवेशन हुदै
विदुर, आर्थिक क्रान्तीका लागी उद्योग वाणिज्य संघको उल्लेख भुमिका रहेको उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष भवानी रानाले बताउनु भयो ।
नुवाकोटको सदरमुकाम विदुर नगरापालिका वडा नं २ मा उद्योग वाणिज्य संघ नुवाकोटको १० र्औ अधिवेशनको अवसरमा आयोजित उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष रानाले राष्ट्र विकाशका लागी नै उद्योग वाणिज्य संघको गठन भएको बताउर्दै विकास र सबृद्धीका लागी देशमा उद्योग व्यवसायको आवश्यकता रहेको बताउनु भयो । यसै सन्दर्भमा उहाले भन्नु भयो,“विकास र सबृद्धिको कुनै जात हुर्दैन, विकास र सबृद्धिको कुनै धर्म हुदैन, विकास र समृद्धि कुनै राजनितिक दलको हुर्दैन ।”
आज विश्वमा विकासका लागी संभावना नेपालमा रहेको बताउर्दै अध्यक्ष रानाले आर्थिक क्रान्तिका लागी औद्योगिकरणमा जोड दिनुपर्ने बताउनु भयो । उहाले देशलाई सबृद्धिको बाटोमा लम्काउने हो भने कृषि, पर्यटन जस्ता क्षेत्रमा औद्योगिकरण गर्नुपर्ने बताउनु भयो । साथै उहाले नुवाकोटको आर्थिक सबृद्धिका लागी नुवाकोटका उद्योग व्यवसायीलाई एकजुट भई व्यवसायमा लाग्न आग्रह गर्नु भयो ।
उद्योग वाणिज्य संघ नुवाकोटको आयोजनामा सम्पन्न १५ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनमा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले राष्ट्रकै आर्थिक परामर्श दाताको रुपमा रहेको उद्योग वाणिज्य महासंघमा राजनितिक छाप पर्नु नहुने बताउनु भयो ।
उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्त, कृषि उद्योग केन्द्रका सभापति हेमराज ढकाल,नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य केशव पाण्डे, नेपाल कम्युष्टि पार्टी नुवाकोटका अध्यक्ष पुष्प लामिछाने, जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य बहादुर कडेल, नुवाकोट क्षेत्र नं १ का संघीय सांसद हित बहादुर तामाङ, क्षेत्र नं २ का नारायण प्रसाद खतिवडा, प्रदेश सांसद हिरानाथ खतिवडा लगायतका प्रतिष्ठित राजनितिक दलका नेता तथा उद्योग व्यवसायिको सहभागीता रहेको थियो । साथै नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन शनिबार हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्