सरापेले लुटे भिडियो सार्वजानिक
काठमाडौं । नेपालमा पछिल्लो समयमा कलाकारहरु जनचेतनामूलक गीत गाउन थालेका छन् ।
निर्वाचनपछि विकास हुनुपर्नेमा त्यसो हुन नसकेकापछि व्यंग्य गर्दै गीत निकाल्ने प्रचलन बढेको हो ।
यसै विषयलाई आधार मानेर गायक श्याम अधिकारीले, ‘कर पठायौ नेता ज्यू विकास भनेर, ऐ हो हाम्रो समस्याको निकास भनेर’ भन्ने म्युजिक भिडियो बजारमा ल्याएका छन् । गीतमा गायिका राधिका हमाल र श्याम अधिकारिको सुमधुर आवाज रहेको छ ।
लय र शब्द पनि श्याम अधिकारी आफैंले गरेक छन् । एरेन्ज केबी भण्डारीको रहेको छ भने यादब देबकोटा ९ सरापे० र सरु दहाल९ देउकी० को बेजोड अभिनय रहेको छ । छायांकन कृष्ण पाण्डे र सम्पादन जीवन सेन्चुरीले गरेका छन् ।
आत्मविश्वास फिल्मस् प्रा।लि। ले यसलाई बजारमा ल्याएको हो । म्युजिक भिडियोको निर्देशन गायक श्याम अधिकारिले नै गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्