१२ श्रावण २०८१, शनिबार
Logo

‘कलंक’ मा शाहरुख, काजोल र रानीलाई लिन चाहन्थे करण

करण जोहरद्वारा निर्मित मल्टिस्टारर फिल्म ‘कलंक’ का कलाकारहरुको लुक्स सार्वजनिक हुन सुरु भएको छ । बिहीवार फिल्मका मेल एक्टर्सको फर्स्ट लुक रिलिज गरिएको छ । ‘कलंक’, करणको दिलसँग निकै नजिक छ । आलिया भट्ट, वरुण धवन, सञ्जय दत्त, आदित्य रोय कपूर, माधुरी दीक्षित र सोनाक्षी सिन्हा फिल्ममा लिड रोलमा छन् ।
तर, यसअघि करण आफ्नो ड्रिम प्रोजेक्टका लागि अर्कै स्टारकास्ट लिने सोचमा थिए । उनले फिल्ममा शाहरुख खान, रानी मुखर्जी, काजोल र अजय देवगनलाई कास्ट गर्न चाहेका थिए । तर, केही कारणले उनले आफ्नो ड्रिम कास्ट वास्तविकतामा बदल्न सकेनन् । उनले यसमा शाहरुख र रणबीर कपूरलाई पनि लिन चाहेका थिए । यसमा पनि उनी सफल भएनन् ।
यति मात्र होइन, स्वर्गीय अभिनेत्री श्रीदेवी पनि ‘कलंक’ को हिस्सा थिइन् । तर, गएको वर्ष आकस्मिक मृत्युका कारण उनको ठाउँमा माधुरी दीक्षित नेनेलाई करणले अनुबन्ध गरेका हुन् । कयौं वर्षपछि सञ्जय दत्त र माधुरीलाई दर्शकले एकसाथ पर्दामा देख्न पाउँदैछन् । तर, फिल्ममा उनीहरुको साथमा कुनै सिन छ वा छैन त्यो भने खुलेको छैन ।
पिरियड ड्रामा फिल्म कलंकमा वरुण धवन जफरको रोलमा देखिनेछन् । यो फिल्म १९ अप्रिलमा रिलिज हुँदैछ । यसको बजेट ८० करोड बताइएको छ । ‘कलंक’ लार्ई अभिषेक वर्मनले निर्देशन गरेका हुन् । यसलाई करण जोहर, साजिद नाडियडवाला, हिरू यश जोहर र अपूर्व मेहताले संयूक्त रुपमा निर्माण गरेका हुन्

प्रतिक्रिया दिनुहोस्