४ मंसिर २०८२, बुधबार
Logo

शंखादेबी माध्यमिक बिद्यालयका प्रधानाध्यापकद्वारा हस्ताक्षर दुरुपयोग गरेर आर्थिक करोबार

शंखादेबी माध्यमिक बिद्यालयकि तत्कालीन लेखापाल अनिता तामाङले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर बिद्यालयले आर्थिक अपचलन गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ।

बिद्यालयका तत्कालीन लेखापाल अनिता तामाङले हिमालयन बैंक तारकेश्वर शाखालाई पत्र लेख्दै उक्तकुरा बताउनु भएको हो ।

तत्कालीन लेखापाल तामाङले बैंकलाई लेखेको पत्रमा आफू बिगत ६ महिना देखि अध्ययनका लागि बिदेशमा रहेको र ६ महिना यताको आर्थिक कारोबारमा आफ्नो संलग्नता नभएको बताउनु भएको छ ।

बिद्यालयमा तत्कालीन लेखापाल अनिता तामाङ र प्रधानाध्यापक राजाराम अधिकारीको संयुक्त हस्ताक्षरमा हिमालयन बैंकमा कारोबार हुँदै आएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

बिद्यालयमा लामो अवधिसम्म लेखापाल नहुँदा समेत आर्थिक कारोबार संचालन भई रहेको थियो ।

तत्कालीन लेखापाल अनिता तामाङ बिगत ६ महिना देखि अध्ययनको सिलसिलामा हाल बेलायतमा रहनुभएको छ ।

उहाँले लेखेको फेसबुक स्टाटस यस्तो रहेको छ

प्रतिक्रिया दिनुहोस्