५ भाद्र २०८२, बिहीबार
Logo

त्रिशुली अस्पताल फेरि उत्कृष्ट अस्पताल

नुवाकोटको त्रिशुली अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा फेरि उत्कृष्ट अस्पताल बनेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको उक्त मुल्यांकनमा त्रिशुली अस्पताल ९६ प्रतिशत अंकसहित उत्कृष्ट अस्पताल घोषित भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतिक सिंहका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा देशभरका सेकेण्डरी समूह ए अन्तर्गतका अस्पतालहरुमा त्रिशुली अस्पताल उत्कृष्ट बनेको हो ।

मंगलवार त्रिशुली अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालले न्युनतम सेवा फलोअप मापदण्ड उत्कृष्ट अंक हात पारेर उत्कृष्ट भएको बताइएको थियो ।

यसअघि त्रिशुली अस्पताल दुई पटक न्यूनतम सेवा मापदण्डमा पहिलो भइसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्