जनतासंग माओवादी विशेष रुपान्तरण अभियान: बिदुर टोल कमिटी बिस्तारमा ब्यस्त

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत बिदुर नगरसंगठन समितीले संगठन निर्माण प्रक्रिया तीब्र बनाएको छ ।
अभियानको क्रममा बिदुर नगरपालिका वडा नम्बर नौ किम्ताङ प्लास्टर टोल कमिटी बिस्तार गरेको छ ।
मंगलबार बिदुर ९ प्लास्टरमा आयोजित भेलाद्वारा फुर्वा घलेको अध्यक्षतामा टोल संगठन समिती बिस्तार गरेको हो । समितीको उपाध्यक्षमा सोम माया तामाङ, सचिब वीर बहादुर तामाङ, सहसचिव महेन्द्र बहादुर थापा, कोषाध्यक्ष चिरिमाया तामाङ रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा बन्दी माया तामाङ, डिलमाया तामाङ, हेनसिंह तामाङ, फुल माया तामाङ, सृजना तामाङ, अन्जना तामाङ, जीवन तामाङ, अब्राहम तामाङ, सुबिन घले, सेते लामा तामाङ, सुन्दर थापा, दावा सिंह तामाङ, मंगले तामाङ, प्रेममाया तामाङ, सुशीला तामाङ, डोल्मा माया तामाङ, पुर्को तामाङ, प्रतिमा तामाङ रहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्