पहिरो र बाढीको जोखिम: नुवाकोटको बाहुनबेसी–खरानीटार सडकमा रात्रिकालिन सवारी रोक

नुवाकोट, २६ साउन । लगातारको वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि नुवाकोटको बाहुनबेसीदेखि खरानीटारसम्मको सडक खण्डमा रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज (साउन २६ गते) एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि प्रत्येक दिन राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन आवतजावतमा पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।
तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका विभिन्न भागलाई जोड्ने यो मुख्य सडक खण्डमा भारी वर्षाका कारण अचानक पहिरो, बाढी र लेदो (गेग्रान) खसेर सडक अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढेकाले प्रशासनले यस्तो निर्णय लिएको हो। रातिको समयमा यो सडक खण्डमा यात्रा नगर्न र सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणमा अनुरोध समेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्