२ असार २०८३, मंगलवार
Logo

दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा


नुवाकोट, असार २ — नुवाकोटको दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा भएको छ ।
विद्यालय उमेरका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित प्रतिबद्धतामा हस्ताक्षर गरेर अनिवार्य तथा निःशुल्क शिक्षा पालिकाघोषण भएको हो । गाउँपालिकाले शिक्षा, सुरक्षा, संरक्षण तथा समग्र विकासको अधिकार सुनिश्चित गर्न विद्यालयबाहिर रहेका ४ देखि १३ वर्ष उमेर समूहका बालबालिकाको खोजी तथा पहिचान गरी विद्यालय भर्ना गराउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, भौगोलिक वा पारिवारिक कारणले विद्यालय जान नसकेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य सहित गाउँपालिकाले सबै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

शिक्षा शाखा अधिकृत ले यस अभियान अन्तर्गत विद्यालय बाहिर रहेका ३० जना बालबालिकाको पहिचान गरी विद्यालय भर्ना गरिएको बताउनु भयो ।
कार्यक्रमको अबसरमा शिक्षामा पहुँच बढाउन कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई स्टेशनरी सामग्री तथा नगद पांच हजार सहयोग वितरण गरिएको शिक्षा शाखाका गोकर्ण गुरागाईले जानकारी दिनु भयो । गुरागाँइका अनुसार अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न प्रति बालबालिका १० हजार रुपैयाँका दरले गाउँपालिकाले आर्थिक सहायता प्रदान गरेको छ।

बालबालिकाको शिक्षा प्राप्त गर्ने संवैधानिक तथा मौलिक अधिकारलाई सुनिश्चित गर्दै विद्यालय उमेरका सबै बालबालिकालाई शिक्षाको दायराभित्र ल्याउने अभियानलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।


कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले आगामी दिनमा पनि विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, पहिचान तथा विद्यालय भर्ना अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्