नुवाकोटबाट ४ हजार २ सय ३४ परिक्षार्थी एसईई परीक्षामा सहभागी

माध्यमिक शिक्षा परिक्षा (एसईई) आज बाट सुरु भएको छ ।
नुवाकोटबाट ४ हजार २ सय ३४ परिक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन्
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको अनुसार परीक्षामा नियमिततर्फ ३ हजार ४ सय ०६ जना मध्य साधारण धारतर्फ ३ हजार १ सय ८२ जना र प्राविधिक धारतर्फ २२४ जनाका साथै बालसुधार गृह बाट १४ जना रहेका छन् ।
साथै ग्रेड वृद्धि तर्फ ८ सय २७ जना परिक्षार्थी सहभागी छन् जसमा साधारण धारतर्फ ७ सय ८९ र प्राविधिक धारतर्फ ३८ जना गरि ग्रेड वृद्धितर्फ कुल ८ सय ८७ जना परिक्षार्थी सहभागी
छन् ।
परीक्षामा कुल १ ५५ विद्यालयका विद्यार्थीहरू समावेश छन्। जसमध्ये १ सय ३४ वटा सामुदायिक विद्यालय र २१ वटा संस्थागत विद्यालयहरू रहेका छन् भने १९ वटा परिक्षा केन्द्र रहेका छन् ।
परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नका लागि ६७३ जना जनशक्ति परिचालन गरेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्