जिल्लास्तरीय वडा कप भलिबलको उपाधि पञ्चकन्या ४ लाई

जिल्ला स्तरीय वडाकप भलिबलको उपाधी नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ ले हात पारेको छ ।

तादी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा सोमबार सम्पन्न भएको फाइनलमा आयोजक तादी गाउँपालिका वडा नम्बर ४ लाई हराउँदै पञ्चकन्या ४ ले उपाधी जितेको हो । त्यसैगरी दुप्चेश्वर ५ तेस्रो र तादी गाउँपालिका वडा नम्बर २ ले सान्त्वना स्थान हासिल गरेका छन् ।
















माघ २ गते देखि सञ्चालन भएको जिल्ला स्तरीय वडाकप भलिबल प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।
बागमती प्रदेश सांसद राधिका तामाङको प्रमुख आतिथ्यता र तादी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष अश्विन पाण्डेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।













प्रतिक्रिया दिनुहोस्