कुकुरको सङ्ख्या नियन्त्रण गर्न बिदुरमा बन्द्याकरण शिविर

विदुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण एवं रेविज रोग विरुद्ध को खोप शिविर कार्यक्रम जेष्ठ २७ देखि सन्चालन भैइरहेको छ | शिविरमा विदुर नगर पालिका उपप्रमुख प्रभा बोगटीले अनुगमन गर्नु भएको छ |

शहरी क्षेत्रमा बढ्दो कुकुरको सख्या नियन्त्रण र ब्यवस्थित गर्न यो कार्यक्रम लागु गरिएको हो | यसले कुकुरको सख्या न्युनिकरण गर्न सहयोग पुगिरहेको छ | नेपाल एनिमल वेलफेएर एण्ड रिसर्च सेन्टर को सहकार्यमा ५जना टीम सहित ७७ वटा कुकुरको बन्ध्याकरण गरेको छ | साझको समय कुकुरलाइ नियन्त्रणमा लिइ बिहान बन्ध्याकरण र रेबिजको खोप लगाउने गरिएको छ साथै कुकुरलाइ बन्ध्याकरण पश्चात खाना दिइ सोहि स्थानमा छाड्ने गरिएको छ | शिविर असार १ गते सम्म सन्चालन हुने र जम्मा ११२ वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको छ |

प्रतिक्रिया दिनुहोस्