हस्तलेखन तथा चित्रकला प्रतियोगितामा नुवाकोट ग्लोरी पहिलो

प्याब्सन नुवाकोटको आयोजनामा संचालन हुँदै आएको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत जेठ महिनाको अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।
आइतबार अर्किड एकेडेमी बट्टारमा सम्पन्न भएको हस्तलेखन र चित्रकला प्रतियोगितामा नुवाकोट ग्लाेरी सेकेण्डरी बाेर्डिङ स्कुल सुर्यगढीले २ वटा विधामा प्रथम र १ वटामा द्वितीय स्थान हासिल गर्दै उत्कृष्ट भएकाे छ ।
प्याब्सन बागमती प्रदेश संस्थापक अध्यक्ष रामहरी रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा जिल्लाका २५ वटा बिद्यालयका २५० भन्दा धेरै बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
हस्तलेखन तथा चित्रकला प्रतियोगितामा सुभेनियर बाेर्डिङ स्कुल, सेइ बाेर्डिङ स्कुल, दिब्य रत्न बाेर्डिङ स्कुल, स्पार्कल इन्टरनेशनल, कल्याणकारी विद्या मन्दिर, भुपेन्द्र मेमाेरियल, गणेश भ्यू बाटिका, तादी भ्यू, भिजन एकेडेमी लगायतले प्रतियोगितामा विभिन्न स्थान सहित सफलता हासिल गरेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनु भयो ।
प्याब्सन नुवाकोटले मासिक रुपमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराउँदै आएको छ ।
आइतबार सम्पन्न भएको चित्रकला प्रतियोगिताका उत्कृष्ट प्रतियोगीले यहि जेष्ठ ३० प्याब्सन वागमती प्रदेशकाे आयाेजनामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा नुवाकोटकाे प्रतिनिधित्व गर्ने छन् ।
प्याब्सन नुवाकोटको असार महिनाको अतिरिक्त प्रतियोगिता अन्तर्गत भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्