४ भाद्र २०८२, बुधबार
Logo

तारकेश्वर महिला संघ अधिवेशनमा भाँडभैलो, अधिकारी र शाक्य एउटै गुटमा रहँदा बाँकी सबै एकजुट

नेपाल महिला संघ तारकेश्वर अधिवेशनमा गुटगत प्रतिस्पर्धाले प्रसय पाउँदा भाँडभैलो मच्चिएको छ ।

मंगलबार तारकेश्वर गाउँपालिका वडा नम्बर ४ भञ्ज्याङ खर्कमा आयोजित पहिलो अधिवेशनको खुला सत्र नसकिँदै भाँडभैलो भएर बन्दसत्र नहुँदै अधिवेशन स्थगित भएको हो ।

नेपाल महिला संघ केन्द्रिय सदस्य कल्पना नेपालिको प्रमुख आतिथ्यतामा सुरु भएको उद्घाटन सत्रको मन्तव्यको क्रममा सीता अधिकारी लाई अध्यक्षको रूपमा घोषणा गरिएपछि लफडा सुरुभएको थियो ।

अध्यक्षको आकांक्षिहरु यसोधा ढकाल (अधिकारी) शुशिला अधिकारी (ढकाल) सीता अधिकारी, सरिता शिबभक्ती र सरु अधिकारी (ढुंगाना) रहेकामा सीता अधिकारी बाहेक सबै आकांक्षिहरुले सुशीला अधिकारि (ढकाल) लाई समर्थन गर्ने बुझिएपछी केन्द्रिय सदस्य नेपालीले सीता अधिकारिलाइ अध्यक्ष बनाउन जोड दिएकी थिइन्

Shivapuri rural municipality awareness message jalapanews

सुशीला अधिकारीको पक्षमा पार्टी सभापति केशवराज अर्याल, हरि श्रेष्ठ, प्रबक्ता पुरुषोत्तम रिमाल लगायतका नेताहरुको समर्थन देखिन्थ्यो भने सीता अधिकारिको पक्षमा चोकराज शाक्यको समर्थन रहेको थियो ।

महिला अधिवेशनका क्रममा देखिएको गुटगत प्रतिस्पर्धा हेर्दा कांग्रेसको आगामी तारकेश्वर अधिवेशनमा रोचक हुने देखिन्छ । गएको अधिवेशनमा केसि टिमको नेतृत्व गर्दै सभापति निर्वाचित केशवराज अर्याल र पराजित हरि श्रेष्ठ समुहबिचमा एकता भएसंगै केसि टिम हावी हुने देखिन्छ । सादगी नेतृत्वको छवि बनाएका चोकराज शाक्यले बिबादित गाउँपालिका अध्यक्ष शिव अधिकारिलाइ साथ र समर्थन दिएको चर्चा बिच महिला संघको अधिवेशनमा नेता शाक्य र बिबादास्पद पालिका अध्यक्ष शिव अधिकारी एकैठाउँमा रहेपछि बाँकी नेताहरु एजजुट भएको देखिन्छ । तुलनात्मक रुपमा स्वच्छ छविको नेताका रुपमा परिचीत चोकराज शाक्य र पछिल्लो समय बिबादास्पद रुपमा काम गरिरहेका गाउँपालिका अध्यक्ष शिव अधिकारि बिचको सम्बन्ध लाई नरुचाइएको रुपमा महिला संघ अधिवेशन लाई अर्थ्याउनु पर्ने कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्