बेचबिखन प्रभावितहरूको जीबिकोपार्जनमा सघाउदै सुनिता फाउन्डेसन
दुप्चेश्वर- मानव बेचबिखन विरुद्ध काम गर्दै आएको सुनिता फाउन्डेसनले नुवाकोटको दुप्चेश्वरमा जिल्लास्तरीय सरोकारवालाहरूसँग समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मानव बेचबिखन रोकथाम, बेचबिखन प्रभावितहरूको संरक्षण, बेचविखनको उच्च जोखिममा रहेका महिला तथा बालबालिकाहरूको उद्धार तथा बेचविखन प्रभावितहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको सुनिता फाउन्डेसनले काठमाडौँ सिन्धुपाल्चोक, मकवानपुर र नुवाकोटलाई कार्यक्षेत्र बनाएर निरन्तर कार्य सम्पादन गरिरहेको छ ।
सुनिता फाउन्डेसनले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको मानव बेचबिखन प्रभावित वडाहरूमा विगत दुई वर्षदेखि कार्य गर्दै आइरहेको छ । सुनिता फाउन्डेसनले दुप्चेश्वर गाउँपालिकामा प्रभावितहरूको लागि जीवन उपयोगी सिप प्रदान र जीविकोपार्जनको लागि कार्य गरिरहेको छ ।
दुप्चेश्वर गाउँपालिकामा संस्थाले बेचबिखन प्रभावितहरूको पहिचान गरी आर्थिक उपार्जनको लागि र प्रभावितहरुका बालबालिकाहरूको शिक्षामा समेत गुणस्तरीय र प्रभावकारी कार्य गरिरहेको छ ।
दुप्चेश्वर गाउँपालिकामा बेचबिखन प्रभावित अर्थात् बेचिएर फर्किएका महिलाहरुलाई विभिन्न पेशामा आबद्ध गरि जीविकोपार्जनसँग जोडेर सुनिता फाउन्डेसनले काम गरिरहेको संस्थाका अध्यक्ष सुनिता दनुवारले बताउनुभयो । अध्यक्ष दनुवारका अनुसार दुप्चेश्वर गाउँपालिकामा सुनिता फाउन्डेसनले बेचबिखन प्रभावित पहिचान उनिहरुको जिबिकोपार्जनको लागी कुखुरा पालन र बाख्रा पालनको लागी कुखुरा बाख्रा हस्तान्तरण गरेको छ भने खोर निर्मामा समेत सहयोग गरेको छ ।
किराना पसलको लागी सामान सहयोग र बङ्गुर पालनको लागी बंगुर हस्तान्तण गरेको छ ।
साथै लक्षित बर्ग पहिचान भएका र तिनका बालबालिकारूलाई शैक्षिक सहयोग समेत संस्थाले उपलब्ध गराइरहेको छ । पछिल्लो एक वर्षमा सुनिता फाउन्डेसनले दुप्चेश्वर गाउँपालिकामा २० जना प्रभावित पहिचान गरेको छ । जसमा चार जनालाई कुखुरा पालनको लागि खोर र कुखुरा वितरण, नौ जनाको लागि बाख्रापालनको लागि बाख्राको खोर र बाख्रा वितरण, एकजनाको लागि किराना पसल, एकजनाले घरेलु तथा साना उद्योग अन्तर्गतको काम गरिरहेको र ५ जना बालबालिकालाई शैक्षिक सहयोग गरिरहेको संस्थाले बताएको छ, भने यो वर्ष व्यवसायमूलक तालिममा १३ जना सहभागी भएको संस्थाको तथ्याङ्कमा उल्लेख छ । साथै संस्थाले कानुनी उपचारको लागि दुई जनालाई सहयोग गरेको छ भने ै आवश्यकता अनुसार स्वास्थ्य उपचारमा समेत संस्थाले प्रभावितहरुलाई सहयोग गरिरहेको छ।
हाल बेचबिखन प्रभावित महिला तथा बालबालिकाको क्षेत्रमा जीविकोपार्जन र शैक्षिक क्षेत्रमा काम गर्दै आएको सुनिता फाउन्डेसनले आगामी पाँच वर्षको लागि भने फराकिलो दायरा बनाएर काम गर्ने बताएको छ ।
दुप्चेश्वर गाउँपालिकामा जिबिकोपार्जन र शैक्षिक सुधारको क्षेत्रमा काम गरिहेको संस्थाले आगामी वर्षको लागि भने बेचविखनकोे जोखिम रहेको स्थानहरूमा समेत जीविकोपार्जनका कार्यहरू र व्यवसायिकमूलक शिपविकास तालिमहरु र सचेतनामूलक कार्यक्रम गर्ने संस्थाका अध्यक्ष सुनिता दनुवारले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्