४ श्रावण २०८१, शुक्रबार
Logo

किस्पाङमा माओवादीको रुपान्तरण अभियान, टोल टोलमा बाटो निर्माण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) किस्पाङ गाउँकमिटी जनश्रमदानमा जुटेको छ ।


भदौ १६ गते देशभर एकैसाथ सरसफाइ गरेर अभियान उद्घाटन गरेको माओवादी केन्द्र अहिले सार्वजनिक स्थानमा श्रमदान गरिरहेको छ ।
नेकपा माओवादी केन्द्र किस्पाङ गाउँकमिटीले जनश्रमदान मार्फत किस्पाङ गाउँपालिका वडा नम्बर ३ स्यौउरिगङ हुँदै ब्युर्चेत सम्म बाटो निर्माण गरेको छ ।


त्यसैगरी किस्पाङ वडा नं ३ को थापाटोलमा श्रमदानबाट बाटो निर्माण गरिएको छ । किस्पाङ गाउँपालिका वडा नम्बर ३ को काहुले गौँडा हुँदै गुन्सा सम्म टोलबासिको सहयोगमा श्रमदानबाट गोरेटो बाटो निर्माण गरिएको नेकपा (माओवादी केन्द्र) किस्पाङले जानकारी दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्