४ मंसिर २०८२, बुधबार
Logo

नदी दोहन रोक्न नुवाकोटका बिभिन्न खोलाहरुमा सुरक्षाकर्मी परिचालन गरिने


असार श्रावण भाद्र महिनामा अबैध रुपमा उत्खनन् तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ ।
यति बेला नुवाकोटका नदी तथा खोलाहरुमा भइरहेको अवैध उत्खनन्ले सबै सरोकारवालाको ध्यान तेतै खिचेको छ । यसै सन्दर्भमा बुधबार जिल्ला अनुगमन समितीले एक छलफलको आयोजना गरि सबै सरोकारवालाको नियन्त्रण तर्फ ध्यानाकर्षण गराएको हो । दैनिक खोलामा झन्डै २ दर्जन भन्दा स्काभेटर लगाउने र ५ हजार भन्दाबढी मजदुरले नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गरिरहेको भन्दै नियन्त्रण गर्ने प्रतिबद्दता जनाएका हुन् ।
बैठकमा उपस्थीत सबै सरोकारवालाको गुनासो तथा दैनिक रुपमा प्रशासन तथा प्रहरीमा आउने गरेको सुचनाको आधारमा यन्त्र उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन भइरहेको जनाएपछि सुरक्षाकर्मी परिचालन गरी साथ कारवाही गरेर नियन्त्रण गर्ने निर्णय भएको हो ।
बर्खायाम शुरु भएसँगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरीलगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्